यी हुन सन् २०१८ मा सर्वाधिक कमाई गर्ने पाँच फुटबल खेलाडी

एजेन्सी–विश्वको चर्चित खेल हो फुटबल । फुटबल जगतका चर्चित खेलाडीहरु आफ्नो खेल र प्रदर्शनलाई मध्यनजर गर्दै सम्बन्धित क्लबबाट पारिश्रमिक लिने गर्दछन् । खेलाडीले क्लबबाट पाउने पारिश्रमिक तथा अन्तिरिक ब्यापार बाट बर्ष भरि धेरै कमाउने खेलाडीको स्तर नापिन्छ ।

यस्तै बर्ष २०१८ मा सर्वाधिक कमाई गर्ने खेलाडीको सुचिमा कुन खेलाडी अगि र कुन खेलाडी पछि भन्ने सबैको चासोको बिषय हो ।
खेलाडीहरुको कमाईको बारेमा अन्तराष्ट्रिय पत्रिका ‘फोब्र्स’ले वर्ष २०१८ मा विश्वमा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।

२०१८ मा सबै भन्दा धेरै कमाईगर्ने खेलाडीको उत्कृष्ट पाँच फुटबल खेलाडी एस प्रकार छन् ।

५. पाउल पोग्बा

Related image
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रान्सका खेलाडी पाउल पोग्बाले सन् २०१८ मा सर्वा्धिक कमाउने फुटबलर खेलाडीको पाँचौं नम्बरमा परेका छन् । उनले कूल २५.५ मिलियन डलर कमाइ गरेका छन् । उनले व्यापारिक प्रायोजनबाट ४.५ मिलियन डलर कमाएका छन् ।

४. ग्यारेथ बेल

Related image

स्पेनिस रियल मड्रिडका ग्यारेथ बेल २०१८ मा सर्वा्धिक धेरै कमाउने फुटबलर सूचीको चौथो नम्बरमा रहेका छन् । वेल्सका फरवार्ड बेलले २०१८ मा २८.६ मिलियन डलर कमाइ गरेका छन् । उनले व्यापारिक प्रायोजनबाट ६ मिलियन डलर कमाइ गरेका छन् ।

३. नेइमार

Related image
२ वर्षअघि विश्वकै सबैभन्दा महँगा फुटबलर बन्दै बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका ब्राजिलियन स्टार खेलाडी नेइमार सन् २०१८ मा सर्वा्धिक धेरै कमाउने फुटबलर सूचीको तेस्रो नम्बरमा रहेका छन् । नेइमारले सन् २०१८ मा पारिश्रमिकबापत ७३ मिलियन डलर कमाएका छन् । त्यसैगरी, नेइमारले व्यापारिक प्रायोजनबाट १७ मिलियन डलर पनि कमाएका छन् ।

२. क्रिस्टियानो रोनाल्डो

Related image
यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस पुगेका पोर्चुगिज क्रिस्टियानो रोनाल्डो सन् २०१८ मा दोस्रो स्थानमा रहेका छन् । यससँगै रोनाल्डो जारी सिजनमा गोल संख्यामा पनि मेस्सीभन्दा पछि परेका छन् । ३३ वर्षीय रोनाल्डोले २०१८ मा ६१ मिलियन डलर पारिश्रमिकबापत आम्दानी गरेका छन् । उनले ४७ मिलियन डलर व्यापारिक प्रायोजनबाट कमाएका छन् ।

१. लियोनल मेस्सी

Image result for messi
सन् २०१८ मा सर्वा्धिक कमाई गर्ने फुटबल खेलाडीको शीर्षस्थानमा अर्जे्न्टिना तथा बार्सिलोना लियोनल मेस्सी रहेका छन् । मेस्सीले २०१८ मा पारिश्रमिकबापत ८४ मिलियन डलर आम्दानी गरेका छन् । त्यसबाहेक उनले करिब २७ मिलियन व्यापारिक प्रायोजनबाट कमाएका छन् ।

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Leave a Comment