लिगको अन्तिम खेलमा च्याम्पियन मनाङ फ्रेन्ड्ससंग स्तब्ध, को-को बने उत्कृष्ट?

सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनांङ मर्स्याङ्दी क्लबले उचालेको छ।

लिगको अन्तिम खेलमा फ्रेन्ड्स क्लबसंग १-० ले पराजित हुँदै मनांगको अपराजित रहँदै लिग उपाधि जित्ने चाहना भने पुरा हुन पाएन। लिगमा यस अघि मनांङले लगातार १२ खेल जित्दै अपराजित रहँदै उपाधि जित्ने ठुलो किर्तिमान नजिक थियो जुन चाहना फ्रेन्ड्स क्लबले पुरा हुन दिएन।

खेलको इन्जुरी टाईममा विकास लामाले गोल गरेपछि फ्रेण्ड्सले मनाङलाई स्तब्ध बनाएको हो। मनांगले ए डिभिजन लिग इतिहासमा जितेको यो आठौँ उपाधि हो जो सबैभन्दा धेरै पटक लिग जित्ने टिम समेत हो।

मनांगले उपाधिसंगै ५० लाख रुपैयाँ हात पार्यो पार्यो भने उपविजेता संकटाले ३५ लाख जित्यो।

कसले के पुरस्कार जिते – 

मनांग मर्स्याङ्ग्दि – ५० लाख रुपैयाँ र विजेता ट्रफी
संकटा – ३५ लाख ( उप-विजेता )
थ्री स्टार – २५ लाख ( तेश्रो स्थान )
आर्मी – १५ लाख ( चौथो स्थान )
एपीएफ – ७ लाख ( पाँचौ स्थान )
पुलिस क्लब – ५ लाख ( छैटौ स्थान )

उत्कृस्ट खेलाडीहरु र पाएको पुरस्कार 

उत्कृस्ट गोलकिपर – विशाल श्रेष्ठ ( मनांग )
उत्कृस्ट डिफेन्डर – रंजित धिमाल ( थ्री स्टार )
उत्कृस्ट मिड-फिल्डर – हेमन गुरुङ्ग ( मनांग )
उत्कृस्ट फरवार्ड – भरत खवास ( आर्मी )
उत्कृस्ट प्रशिक्षक – सुमन श्रेष्ठ ( मनांग )
उदयमान खेलाडी – विकास खवास

सबै विधाका उत्कृस्ट खेलाडीले पल्सर मोटरसाकल पाए भने उदयमान खेलाडीले १ लाख रुपैयाँ पाए।

( फोटोहरु – एन्फा )

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Leave a Comment