राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा : प्रिन्स र प्रफुल अन्तिम आठमा

काठकाडौँ-नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा यु –१९मा बिजयी सुरुवातका साथ अन्तिम आठको यात्रा तय गरेका छन् । प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१ । १३, २१ । ११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१ । ८, २१ । ११ ले पराजित गरे ।

यसैगरि अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन रहेका छन् । सत्यमले नेपालकै सफल थापालाई २१ । १९, २१ । १६ ले पाखा लगाए । प्रनिषले नेपालकै देवराज रानालाई १७ । २१, २२ । २० र २१ । १९ ले हराए । पविनले नेपालका दिवश बिश्वकर्मालाई १९ । २१, २१ । १०, २१ । १४, थु रिनले नेपालका पेम्बा शेर्पालाई २१ । १५, २१ । १२ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, बिवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गरे । रोहितले भारतका अनोज क्षेत्रीलाई २१ । १३, २१ । १४ ले, बिवेकले नेपालकै जोन जसराजलाई २१ । १६, २१ । १८, उज्जलले भारतका मिङ्गमा छिरिङ्ग लेप्चालाई २१ । १४, २१ । १४, नरेन्द्रले नेपालकै अनिष खतिवडालाई २१ । १९, २१ । १७ ले पन्छाउंदै अन्तिम आठमा पुगेका हुन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए । उनले राजनैतिक उत्थानको थलो बिराटनगर अन्तराष्ट्रिय खेलाडीहरुको उत्थानको थलो, औद्योगिक क्षेत्रमा पनि अग्रज हुनुका साथै अब उपत्यकका बाहिर आएर जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अग्रणी भएको बताए । उनले यस प्रतियोगिताका कारण बिराटनगरले जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्नेमा आफु बिश्वस्त रहेको बताए। 

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Leave a Comment