एमएम कप : रोहित पौडेल र शाहब आलमको उत्कृस्ट प्रदर्शनमा आर्मिको सहज जित

काठमाडौँ-सुनसरीको जारी मनमोहन स्मृति एक (एमएम) दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेल आज बाटद शुरु भएको छ सुरु भएको छ। समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा रोहित पौडेलको उत्कृस्ट प्रदर्शन मदतले त्रिभुवन आर्मी क्लबले जित हासिल गरेका छ ।

आर्मिले प्रदेश नम्बर ३ लाई ११८ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ५ विकेट गुमाएर २८८ रन बनाएको थियो।

आर्मीको लागि सर्वाधिक योगदान दिने क्रममा राष्ट्रिय क्रिकेटर रोहित पौडेलले सर्वाधिक अविजित ८० रन बनाए। विस्फोटक ब्याटिंग गरेका पौडेलले ४९ बलमा ४ छक्का र ६ चौका प्रहार गरे। यस्तै भिम सार्कीले पनि ७१ रन तथा कप्तान बिनोद भण्डारीले ४८ रन बनाए।

रोहितलेले तेश्रो विकेटको लागि भिम सार्कीसंग ७८ रनको साझेदारी गरे। भिमको विकेट पछि चौथो विकेटको लागि रोहितले हरि चौहानले ६८ रनको साझेदारी गरे।

प्रदेश नम्बर(३ बलर प्रतिस जिसी ९ १०(१(४७(२ ० र जितेन्द्र ठकुरीले ९ ८(१(४७(२ ०समान २र२ विकेट तथा सुर्य तामांगले १ विकेट ९ १०(०(४१(१ ० लिए।

२८९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर(३ ले ३६।२ ओभरमा सबै विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो।

यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका इशान पाण्डेले ७५ रन बनाए पनि अन्य ब्याट्सम्यानहरुले अर्को किनारमा साथ नदिदा टिम जितसम्म पुग्न सकेन। पाण्डेले ९१ बलमा १२ चौका र १ छक्का प्रहार गरे। दील खानले ३२, जितेन्द्र ठकुरी र सोनु तामांगले १६र१६ रन बनाए।

आर्मीका बलर देब्रे हाते स्पिनर शाहब आलमले ४ विकेट लिंदै प्रदेश नम्बर(३ को लागि घातक बन्न पुगे। उनले ५।२ ओभर बलिङ्ग गर्दा उनले १ मेडन ओभर सहित १४ रन मात्रै खर्चिए। यस्तै बिक्रम सोब ९ ५(०(३२(२ ० र जितेन्द्र मुखियाले ९ ५(१(२०(२ ० पनि २र२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच रोहित पौडेल घोषित भए। प्रतियोगिता अन्तर्गत भोलि आर्मी र प्रदेश नम्बर-६ बीच खेल हुनेछ।

(समाचार र फोटो श्रोत – इनरुवा अनलाइन )

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Leave a Comment