न्युडायमण्ड कप भलिबल प्रतियोगितामा वान्जीकोले प्रायोजन गर्ने

काठमाडौँ-न्यु डायमण्ड भलिबल एकेडेमि ले अयोजना गरेको राष्टिय महिला भलिबल प्रतियोगितामा वान्जी ज्यलन धबलव बैद्ध समाज नेपालले मुख्य प्रायोजन गर्ने भएको छ ।

सुकेधारास्थित समाजका तर्फबाट नेपाल प्रमुख सोनाम वा¨दी भुटिया र प्रतियोगिता संयोजक कुमार राईले मंगलवार सम्झौता पत्र आदन–प्रदान गरेका छन् । हो¨वान्जी बौद्ध समाजका भुटियाले भने–हामी न्युडायमण्डका फेन हौ, प्रतियोगितासँग जोडिने अवसर पाएकोमा समाज गौरवित भएको छ ।

सम्झौतामा उल्लेख भएनूसार मुख्य प्रायोजक गरे बापत समाजले आयोजकलाई ५ लाख उपलब्ध गराउने छ सम्झौता पश्चात प्रतियोगिता “हो¨वान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल”को नामले संचालन हुने छ ।

प्रतियोगिता संयोजक कुमार राईले पौष २५ देखि २८ सम्म संचालन हुने “हो¨वान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल”प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए । संयोजक राईले हो¨वान्जी बौद्ध समाजलाई महत्वपूर्ण सहयोगका लागि धन्यवाद ब्यक्त गरे ।

प्रतियोगितालाई नानी छोरी स्मृति प्रतिष्ठानका असोककुमार मालीले तेश्रो पुरस्कारको रकम १ लाख १ हजारको प्रायोजन गरेका छन् । ब्ल्याकहर्ष सुजका एमडी चिनिया श्रेष्ठले चौथो पुरस्कार ५१ हजारको प्रायोजन गर्ने भएका छन् । सेन्चरी कमर्सियर बैंकले ब्यक्तिगत बिद्याका सम्पूर्ण उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारको रकम ५० हजार प्रायोजन गर्ने भएको प्रतियोगिता संयोजक राईले बताए ।

प्रतियोगितालाई अन्नपूर्ण गाउँपालीका छोमोरोङका भलिबल शुभचिन्तकबाट ५० हजार ४ सय,हाल अमेरिका निवासी भलिबलका बरिष्ठ प्रशिक्षक हुकुमराज गिरी र भलिबल खेलाडी रमिला तण्डुकारबाट ५०÷५० हजार सहयोग प्राप्त भएको छ । प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले ३० हजार,हेस्टेहैसे सहकारी,चन्द्रागिरी नगरपालीका वाडा १३ र १५ तथा हाल जापान निवासी निलम राउतबाट २५÷२५ हजार,कुमारी बैंकबाट २० हजार सहयोग प्राप्त भएको छ ।

प्रतियोगिताको लागि नेपाल भलिबल संघले १५ हजार संघका अध्यक्ष मनोरन्जन रमण शर्माले २५ हजार संघका महासचिव जितेन्द्र बहादुर चन्दले १० हजार सहयोगको घोषणा गरेका भने चन्द्रागिरी नगरपालीका वाडा १५ का वाडा अध्यक्ष उत्तमवहादुर राउतले ब्यक्तिगत १० हजार सहयोग गरेका छन ।

नैकापस्थित न्युडायमण्ड एकेडेमीमा लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । साविक बिजेता न्यु डायमण्ड र चितवन टाईगे्रस समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा टप्स र पारामाउन्ट छन् । त्यस्तै समूह ‘सी’ मा आर्मी र पुलिस तथा समूह ‘डी’ मा एपीएफ र जावलाखेल रहेका छन् ।

प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउने छन । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०७५ पुष २४, मंगलवार मा प्रकाशित

Leave a Comment