सलाहलाई दोस्रो पटक ‘अफ्रिकन बर्ष खेलाडी’ अवार्ड

एजेन्सी– लिभरपुल तथा इजिप्टका स्ट्राइकर मोहम्मद सलाहले अफ्रिकन बर्ष खेलाडीको उपाधि जितेका छन् ।  पछिल्लो समय लिभरपुलमा उत्कृष्ट फममा रहेका सालाहले आफ्नै टिमका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहलाई यो अवार्ड दिएको हो ।

सेनेगलमा आयोजना भएको विशेष समारोहमा सलाहले यो अवार्ड लगातार दोस्रो पटक पाएका हुन । सलाहले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई प्रिमियर लिगको शिर्ष स्थानमा पुराउन महत्वपर्ण योगदान दिएका छन् ।

सालाहले ईजिप्टलाई २०१८ विश्वकपमा पुराउन पनि महत्वपुर्ण योगदान गरेका थिए । साथै लिभरपुलाई २०१७–१८ को सिजनमा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

सलाहले यो सिजनपनि २९ खेलमा १६ गोल गरेका छन । उपाधिसँगै सलाह बर्षको उत्कृष्ट टिम अफ दी इयरमा पनि परेका छन ।

उनीसँगै पिएरी पनि सो टिममा अटाएका छन । यसअघि सलाहले बीबीसी बर्षको उत्कृष्ट अफ्रिकन फुटबलरको उपाधि पनि जितेका थिए ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Leave a Comment