सन्दिपको टिम सिक्सर्सको दोस्रो खेल आज

काठमाडौँ-नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टिम सिक्सर्सले आफ्नो दोस्रो खेल आज खेल्दैछ । बंगलादेश प्रिमियर लिग अन्तर्गत बुधबार हुने खेलमा सिक्सर्सले चिट्टागोंग भाइकिंग्सको सामना गर्नेछ ।

पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्ससंग पराजित भएको सिक्सर्स आज भने उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ ।

सिक्सर्सले प्रतिस्पर्धा गर्ने टोली ट्टागोंगमा मुश्फिकुर रहिमको कप्तानीमा रहेको चिट्टागोंगमा मोहम्मद शेहजाद, सिकन्दर राजा, केम्रुन डेलपोर्ट जस्ता स्टार खेलाडी रहेका छन् ।

खेल बंगलादेश स्थित ढाकाको शेरे बांग्ला राष्ट्रिय रंगशालामा दिउँसो १२ः१५ बजेबाट सुरु हुने छ ।

बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment