मैत्रिपुर्ण खेल खेल्न संकटा थाइल्याण्ड जाने

काठमाडौँ-मंगलबार देखी पल्सर सहिद स्मारक ए डिभिजन फुटबल सकिएको छ । ५ बर्ष पछि भएको लिगमा पुन खेलाडी तथा प्रशिक्षकहरुले एउटा रोजगार पाएका थिए ।

तर, लिग पछि सबै खेलाडीहरुको गन्तब्य के भन्ने प्रश्न उढ्न थालेको छ ।

यस पछि कतिपय खेलाडीहरु नेपालमा हुने फ्रेन्चाइज लिगहरुमा ब्यस्त हुने योजनामा छन् । भने कतिपय खेलाडी पुरानै पेशा तिर फर्कने छन् ।

लिगमा चौथो स्थान सम्म हासिल गर्ने टिमले बिदेशी भुमिका खेल खेल्न पाउने भएका छन् । यस्तै लिगको दोस्रो टोली सिएमजी क्लब संकटाल भने थाइल्यान्ड जाने भएको छ ।

संकटा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा जाने भएको क्लबका प्रशिक्षक सल्यान खड्किले जानकारी दिए ।  संकटाले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । लिगमा संकटाले १३ खेल खेल्दै २८ अंक जोडेर दोस्रो स्थानमा आफुलाई स्थापित गर्न सफल भयो ।

प्रशिक्षक खड्किका अनुशार टिमलाई बैंकक लाने घोषणा गरेको तर भ्रमणको मिति भने तय हुन बाँकी रहेको बताए ।  संकटाले दोस्रो भएको अवशरमा राजधानिमा हिजो रात्रि भोजको आयोजना गर्दै थाइल्याण्ड जाने घोसणा गरेको हो ।

खड्किले आफ्ना खेलाडीहरुको मेहेनतलाई कायम राख्न र उनिहरुको खेल क्षमतामा बृद्धि गर्न थाईल्याण्ड भम्रणले निकै ठुलो योगदान गर्ने बिश्वस ब्यक्त गरे ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Leave a Comment