थाईल्याण्डमा टि-२० प्रतियोगिता खेल्ने महिला राष्ट्रिय टिमको घोषणा

यही जनवरी १२ देखि १८ तारिकसम्म आयोजना हुने थाईल्याण्ड वुमेन्स टी-ट्वान्टी स्म्यास २०१९ प्रतियोगिताको लागि १४ सदस्यीय नेपाली महिला राष्ट्रिय टिमको घोषणा भएको छ।

रुबिना क्षेत्रीको कप्तानी रहने टिममा सीता राना मगर उप-कप्तान छिन। यस्तै यू-१९ राष्ट्रिय टिमका प्रशिक्षक रहिसकेको बिनोद दासले यस पटक महिला टिमको प्रशिक्षण सम्हालेका छन्।

नेपाली टोली शुक्रबार थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ। नेपालसहित प्रतियोगितामा भुटान, हंगकंग, इन्डोनेसिया, मलेसिया, तान्जानिया, थाईल्याण्ड,  एसएल नेभी, कुवेत, नेपाल र नामिबियाले सहभागिता जनाउँदै छ।

 

१४सदस्यीय नेपाली टिम : रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उप कप्तान ) , करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति विडारि, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल

अतिरिक्त खेलाडी : रितु कनौजिया, सुमन बिस्ट, सबनम राई

टिमको प्रशिक्षण बिनोद दासले गरिरहेका छन् भने व्यवस्थापकको भूमिकामा अमृता भट्टराई रहने छिन्।

थाईल्याण्ड वुमेन्स टि-२० स्म्यासमा सहभागिता पछि नेपाली टिमले फेब्रुवरी १८ देखि २७ तारिकसम्म थाईल्याण्डमानै आयोजना हुने आईसीसी महिला विश्व कप छनौट एसिया प्रतियोगिता खेल्नेछ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment