न्युडायमण्ड र आर्मी क्वाटर फाईनलमा प्रतिस्पर्धा गर्ने

काठकाडौँ : होङवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्युडायमण्ड र नेपाल आर्मीबीच क्वाटरफाईनलमा प्रतिस्पर्धा हुने भएको छ ।

बुधवार उद्घाटन खेलमा न्युडायमण्डले चितवन टाईग्रेसलाई २५–१३,२५–१८ र २५–११ को सेटमा हराउन सफल भएको हो । दोश्रो खेलमा नेपाल पुलिसले नेपाल आर्मीलाई २५–२१,२५–२१ र २५–१८ को सोझो सेटमा हरायो ।

न्युडायमण्ड समूह ए को बिजेता हुदै समूह सीको उपबिजेताको रुपमा नेपाल आर्मीसँग क्वाटर फाईनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।
आजनै भएका अन्य लिग खेलमा एपीएफ र टप्सले पनि जित निकाल्दै समूह बिजेताको रुपमा क्वाटर फाईनलमा स्थान बनाए ।

एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–१० र २५–८ को सोझो सेटमा हराउदा टप्सले पारामाउण्टलाई २५–१४,२५–१२ र २५–१० को सोझो सेटमा स्तब्ध बनायो ।

बुधवार हुने क्वाटरफाईनल खेलमा न्युडायमण्डले आर्मी,पुलिसले चितवान टाईग्रेस,एपीएफले पारामाउण्ट तथा टप्सले जाउलाखेलसग खेल्ने छन् ।

प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन् । तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तस्विर : (राखेप)

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment