नेपाली महिला क्रिकेटको कमब्याक : अवसर र चुनौति दुवै

काठमाडौं : एक समय एसियाको एसोसियट राष्ट्रमा उम्दा मानिने नेपाली महिला क्रिकेट करिब दुई वर्ष गुपचुप रहेर पुन: कमब्याक गर्दै छ ।

सहभागितामा सिमित रहने नेपालको महिला क्रिकेट अन्तर्राष्ट्रिय प्रतियोगिताको समय फाट्ट फुट्ट देख्न पाईन्थ्यो। कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडी छैनन्। राष्ट्रिय गतिविधि ठप्प प्राय छन् । त्यसैले यसको अस्तित्वमाथिनै प्रश्नपनि उठ्ने गर्छन् ।

पुरुष क्रिकेट टिमले ४ वर्षको वान डे स्टाटस पाएको छ । तर त्यही अवस्थामा नेपालको महिला क्रिकेट लगभग शुन्य अवस्थामा छ ।

शुन्य अवस्थामा रहेको महिला क्रिकेटलाई यतिबेला पुन: कमब्यक गर्ने अवसर जुरेको छ । २०७३ मंसिरमा विश्वकप छनोट खेलपछि हराएको महिला क्रिकेटले पुर्नजन्म लिएको छ ।

आइसिसी महिला ट्वान्टी–२० बिश्वकप छनोट प्रतियोगिताका लागि पुस ४ गतेबाट त्रिवि क्रिकेट मैदानमा नयाँ जोशसंगै नेपाली महिला क्रिकेट उदाएको छ ।

लामो समय सम्मबल र ब्याटसंग सम्बन्ध बिच्छेद गरेका महिला क्रिकेट हस्तिहरुलाई मिलाउने जिम्मा प्रशिक्षक विनोद दासले लिएका छन् ।

प्रशिक्षक विनोद आफुले महिला क्रिकेटको जिम्मेवारी पाउनु थोरै अवशर र थोरै चुनौतिको विषय भएको बताउँछन् ।

‘मैले यु–१९ पुरुष टिम हेरेँ, सिनियर पुरुष टिममा पनि साहायक प्रशिक्षको भुमिका निर्वाह गरेँ, मलाई लाग्छ जति पुरुष टिमलाई हेर्न सहज छ त्यतिनै महिला टिमलाई मुस्किल ।’

‘मेरो लागि सबै खेलाडी नयाँ छन्, खेलाडी मात्र होइन महिला क्रिकेट नै मेरो लागि नयाँ छ । अब पहिलो चोटि महिला क्रिकेट हेर्ने अवसर पाएको छु । यसलाई खेरा जान दिनै छैन् ।’ प्रशिक्षक दासले भने ।

‘मैले महिला क्रिकेटको बारेमा जुन सोच बनाएको थिए यहाँ त्यो भन्दा सहज छ । टिम मिलेको छ, सबैले एउटै ठाँउमा तयारी गरेपनि आफ्नो ठाँउमा तयारी गरिरहेका रहेछन् । यहि टोलीलाई अगाडी लैजाने भने सफलता अवश्य मिल्ने छ ।’

दासले महिला टोलीलाई हरेक दिन दुई सेसनमा तयारी गराउँछन् । बिहान फिटनेश र दिउँसो अभ्यास यो नै हिजो आज महिला क्रिकेट खेलाडीहरुको दैनिकि बनेको छ ।

विश्वकप छनोट खेल खेल्न मात्र तीन महिना बाँकि छ । यो तयारीले खेलाडीलाई अन्तराष्ट्रिय प्रतियोगितामा सफल भने बनाउदैन । दुई वर्षपछि आइसिसीले जुराएको यो अवसलाई खेरा जान नदिने प्रशिक्षक दास बताउछन्।

महिला क्रिकेट टोलीले फागुन ६ गतेबाट हुने विश्वकप छनोट खेल खेल्दै छ । विश्वकप छनोट खेल अघि महिला क्रिकेट टोलीले जनवरी १२ देखि थाइल्यान्डमा सुरु हुने वुमन ट्वान्टी–२० स्म्यास क्रिकेट प्रतियोगिता खेल्नेछ ।

यो दुबै प्रतियोगिता नेपाली महिला क्रिकेट टोलीले आफुलाई प्रमाणित गर्ने अवसर हो । कप्तान रुबिना क्षेत्रीको विचार पनि यहि छ ।

दुई वर्षपछि कम ब्याक गरेको टोली कप सहित पुन: नेपाली क्रिकेटमा उदाउने उनि बताउँछिन् ।

टोलिमा नायाँ अनुहार पनि आएको, पहिलेको भन्दा टिम बलियो भएको उनलई लाग्छ । ‘टिममा नयाँ अनुहार छन्, जसले हामिहरुलाई नै चुनौति दिन सक्छन्, तयारि सेसनमा जुन तरिकाको प्रदर्शन छ । त्यसलाई कायम राख्न पर्छ हामिलार्य च्याम्पियन बन्न कसैले रोख्दैन ।’ कप्तान क्षेत्रिले भनिन् ।

Rubina Chhetri
Rubina Chhetri

नेपालले महिला क्रिकेट टोलीले पुस अन्तिम साताबाट थाइल्याण्ड वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगितामा आयोजक थाइल्याण्डसहित भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, तान्जानिया, श्रीलंका, कुवेत, नामिबिया र नेपालगरी १० टोली सहभागी छन् ।

यस्तै फागुन ६ गतेबाट थाईल्याण्डमा विश्वकप छनोट प्रतियोगितामा खेल्नेछ । ७ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइने छ । प्रतियोगितामा चीन, हङकङ, कुबेत, मलेशिया, युनाइटेड अरब इमिरेट्स (युएई), थाइल्याण्ड र नेपालले प्रतिस्पर्धा गर्नेछन् ।

थाईल्याण्ड टि-२० स्म्यास खेल्न बुधबार घोषित १४ सदस्यीय नेपाली टोलि :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उप कप्तान ) , करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरति विडारि, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल

 

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Leave a Comment