इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ : नङ्जा र ललिता फाईनलमा

काठमाडौँ–नेपालका नङ्जा बुढामगर र ललिता महर्जनले इन्द्रमाया महर्जन मेमोरियल इन्टरनेसनल बक्सिङ प्रतियोगिताको फाईनल भिड्न्त पक्का गरेका छन् ।

बुधवार भएको ४८ केजी तौलमाको सेमिफाईनलमा बुढामगरले भारतकी दिपीका लाई अंकको आधारमा ४–१ ले हराईन् । महर्जनले भुटानकी तान्जीङ लामोलाई अंककै आधारमा ३–२ ले हराउदै फाईनलमा प्रवेस गरिन् ।

महिला ५१ केजीमा नेपालकी माला राई,५४ केजीमा नेपालकै निसा तामाङ र ६० केजीमा नेपालकै संगिता सुनारले फाईनल यात्रा तय गरेका छन् ।

बोसीगाँउमा भएको प्रतियोगिताको पुरुष स्पर्धामा नेपालले बचश्व जमायो । ४९ केजीमा नेपालका तेजवहादुर देउवा र प्रदिप महर्जन फाईनलमा पुगे । ५२ केजीमा नेपालका प्रेम चौधरी र भारतका सचिनले फाईनल भिड्न्त पक्का गरे ।

५६ केजीमा नेपालका बिमल रोका र पुरन राई फाईनल प्रवेस गरे । ६० केजीमा नेपालका एकवहादुर घले र भुटानका निमा दोर्जी फाईनल पुगे । ६४ केजीमा नेपालका भुपेन्द्र थापामगर र भुटानका दोर्जी वाङ्जेली उपाधि नजिक पुगेका छन् ।

६९ केजीमा नेपालका बिकास लामा र बिष्णुप्रसाद घले र ७५ केजीमा नेपालका दिपक श्रेष्ठ र भारतका रवि सुनारले फाईनल भिड्न्त पक्का गरे । प्रतियोगिताको गृहमन्त्री रामवहादुर थापा र नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले संयुक्त रुपमा उद्धघाटन गरेका थिए ।

दुई दिने प्रतियोगिताका स्वर्ण बिजेताले १५ हजार, रजत बिजेताले १० हजार तथा काँस्य बिजेताले जनहि ५ हजार नगद प्राप्त गर्ने छन् ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Leave a Comment