बेल्जियन क्लबमा ट्रायल दिँदै बिमल घर्ती मगर ( फोटो फिचर सहित )

काठमाडौँ–नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर यतिबेला बेल्जियममा छन् ।  एक महिना पहिला ए डिभिजन लिग बिचमै छोडेर गएका उनि यतिबेला बेल्जियममा प्रशिक्षण गरिरहेका छन् ।

नेपालमा च्यासल युथ क्लबसँग सम्झौता रद्ध गरेर बेल्जियम गएका उनि अहिले क्लबको प्रशिक्षणमा छन् । विमल बेल्जियमको तेस्रो डिभिजन क्लब लिएर्स केम्पेनजोनमा ट्रायल र प्रशिक्षण दिइरहेका छन् ।

लिएसले मंगलवार नेदरल्याण्ड्सको क्लब रोडा जेसी केरक्राडेसँग खेलेको मैत्रीपूर्ण खेलमा विमलले समेत खेलेका थिए । उक्त खेलमा लिएर्स नेदरल्याण्ड्सको रोडा जेसीसँग २–० ले पराजित भएको थियो ।

हाल लिएर्स केम्पेनजोन हाल बेल्जियमको तेस्रो श्रेणीको लिग ‘बेल्जियन फस्ट एमाचर डिभिजन २०१८–१९’ खेलिरहेको छ ।

फोटो–लिएर्स केम्पेनजोन

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment