गोर्खा ट्रेल ब्लेजर– २०१९ मा सहभागी हुन सिर्जना हङकङ जाँदै

काठमाडौँँ-गोर्खा ट्रेल ब्लेजर– २०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई बिहीबार हङकङ जाँदैछिन् ।

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छन् ।

सिर्जना अन्नपूर्ण ट्रेल ९५० किलोमिटर० र पोखरा ट्रेल ९५५ किलोमिटर० की विजेता हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासंगै हङकङ जाँदैछन् ।

टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment