सिटीको सहज जितमा जेससको चार गोल

एजेन्सी-गत सिजनको प्रिमियर लिग बिजेता टोली मम्यान्चेस्टर सिटीले बुर्टोन अल्बायोन माथि सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले बुर्टाेनलाई ९–० गोलको फराकिलो अन्तरले हराउन सफल भएको हो ।

सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीलाई सहज जित दिलाउन गाव्रियल जेससले ४ गोल गरे ।

यो जितसंगै सिटी इंग्लिस लिग कप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।

Image result for man city

लिग कप सेमिफाइनलको पहिलो लेगमा बुर्टोन अल्बायोनमाथि ९–० गोलको फराकिलो जित निकाल्दा सिटीलाई फाइनल प्रवेश सहज भएको हो ।

सिटीका लागि गाव्रियल जेससले ४, केभि डिब्रुयेन, ओलेक्जान्दर जिन्चेन्को, फिल फोडेन, केल वाल्कर र रियाद मेहेरेजले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा चार गोल गरेको सिटीले दोस्रो हाफमा पाँच गोल गरेको थियो । पहिलो हाफमा जेससले २ गोल गर्दा डीब्रुयेन र जिन्चेन्कोले एक एक गोल गरेका थिए ।

Image result for man city

यो जित नै सिटीको ३१ वर्षपछि फराकिलो जिते हो । सिटीले सन् १९८७ को नोभेम्बरमा उसले दोस्रो डिभिजनको लिगमा हड्सफिल्ट टाउनमाथि १०–० गोलको जित निकालेको थियो ।

अव सिटीले बुर्टोनको घरेलु मैदानमा पिरेल्ली रंगशालामा जनवरी २३ मा खेल्ने छ ।

२०७५ पुष २६, बिहीबार मा प्रकाशित

Leave a Comment