कोपा डेल रेमा रियलको ‘कम ब्याक’

एजेन्सी–लगातार खराव प्रदर्शन गर्दै अहिरहेको रियल मड्रिडले स्पेनिस कोपा डेल रेमा भने उत्कृष्ट प्रदर्शन गरेको छ । बुधबार राति भएको खेलमा लेगानेसलाई ३–० गोलले पराजित गरेको हो ।

कोपा डेल रे फुटबल अन्तर्गत प्रिक्वाटरफाइनल चरणको पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको हो । हिजोको खेल स्पेनिस युवा स्टार ब्राहिम डियाजले डेब्यू खेल पनि हो ।

म्यान्चेस्टर सिटीबाट गत साता १५ मिलियन पाउन्डमा रियलमा अनुबन्ध भएका १९ वर्षीय डियाजले रियलका लागि ७८ औं मिनेटमा डेब्यू गरे ।

Image result for real madrid

भिनिसियस जुनियरले खेलको ७७ औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए । यस्तै कप्तान सर्जियो रामोसले आफ्नो फुटबल करियरको १०० गोल पुरा गरेका छन् ।

रामोसले खेलको ६८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो करिअरको सयौं गोल पुरा गरेका थिए । अव दोस्रो लेग अर्को साता लेगानेसको घरेलु मैदानमा हुनेछ ।

बुधबार रातिनै भएका अन्य खेलमा एट्लेटिको मड्रिडले गेटाफेसँग १–१ गोलको बराबरी खेलेको छ भने भ्यालेन्सिया स्पोर्टिङ गिजोनसँग २–१ गोलले पराजित भएको छ ।

२०७५ पुष २६, बिहीबार मा प्रकाशित

Leave a Comment