लिग कपको साविक बिजेता पीएसजी गुइनगाम्पसँग पराजित

एजेन्सी–फ्रेन्च लिग कपको साविक बिजेता हो पेरिस सेन्ट जर्मेइन । तर, यस सिजनको नकआउट प्रतियोगितामाको क्वाटरफाइनलमा अप्रत्यासित हार ब्यहोरेको छ ।

लिग खेलमा अपराजित रहेको पीएसजीले नकआउट खेलमा भने लिगको अन्तिम स्थानमा रहेको गुइनगाम्पसँग २–१ गोलअन्तरले पराजित हुन पुग्यो ।

बुधबार राति भएको खेलमा लिग वानमा रेलिगेसनबाट बच्न संघर्षरत गुइनग्याम्पले पीएसजीलाई उसकै मैदानमा अप्रत्यासित रुपमा हराउँदा दुवै गोल पेनाल्टीमा गरेको हो ।

Image result for guingamp fc

पीएसजीका लागि नेइमारले ६२ औं मिनेटमा गोल गरी अग्रता लिएका थिए । तर, येनी बाकोटोले ८१ औं मिनेटमा र मार्कस थुरमले इन्ज्यूरी समयमा गोल गरी टिमलाई शानदार जित दिलाए ।

यता लिग वानमा रेलिगेसन जोनमै रहेको थिएरी हेनरी प्रशिक्षित टोली मोनाको भने सेमिफाइनलमा पुगेको छ । रेन्नेसलाई पेनाल्टी शुटआउटमा ८–७ गोलअन्तरले हराउँदै मोनाको अन्तिम चारमा पुगेको हो ।

२०७५ पुष २६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment