डिफेन्डिङ च्याम्पियन साइपाल फाइनलमा

काठमाडौँ-डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमी तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।

विशाल मिलन केन्द्र (बीएमके) र एनसीसीएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको क्वालिफायरमा साइपालले समृद्धि गोरिल्लाजलाई ५४–३२ ले पराजित गरेको हो ।

साइपालकी सविता लुइटेलले १४ अंक जोडिन् । समृद्धि राउन्ड रोविन लिगमा पनि साइपालसंग ४३–३६ ले पराजय बेहोरेको थियो ।

का तीन साइपालले सुरु क्वाटरमा १४–८, १०–४ र १८–८ को अग्रता लियो । चौथो तथा अन्तिम क्वाटर १२–१२ को बराबरीमा सकियो ।

हारका बावजुद समृद्धिले फाइनल प्रवेशका लागि काठमाठौं नर्थ पोल बास्केटबल क्लब प्लेअफ खेल्ने अवसर पाउने छ । शुक्रबार हुने प्लेअफको विजेताले उपाधिका लागि साइपालसंग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वाटरमा १४–६ को अग्रता लिएको नर्थ पोल दोश्रोमा १०–१० को बराबरीमा रोकियो । तेश्रो क्वाटरमा नर्थ पोल ७–४ ले अगाडि रह्यो भने चौथोमा ८–९ को झीनो अन्तरले पछि परेको हो ।

२०७५ पुष २६, बिहीबार मा प्रकाशित

Leave a Comment