एमएम कप : प्रदेश ३ को सहज जित

काठमाडौँ-मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत ग्रुप द्य को आफ्नो अन्तिम खेलमा प्रदेश नम्वर ३ बिजयी भएको छ । इनरुवा खेल मैदानमा प्रदेश नम्वर ६ ले दिएको १ सय १२ रनको झिनो लक्ष प्रदेश ३ ले २६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर भेटायो ।

टिमकालागि ६ विकेटको जित दिलाउने क्रममा प्रदेश ३ का आसुतोस घिरियाले २० र सोनु तामाङले नटआउट १४ रनको महत्वपूर्ण पारी खेले । टिमकालागि आदिल खानले २६ रन बनाउँदा इशान पाण्डेले २० र जितेन्द्र सिङ ठकुरीले १६ रन जोडे । प्रदेश ६ का दिवान पुन, युवराज केसी, राज साह र रविन्द्र जङ साहीले एक–एक विकेट लिए ।

आजको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ६ विपक्षी टिमको धारिलो बलिङसामू पुरा ५० ओभर क्रिजमा टिक्न सकेन् । २९ दशमलव २ ओभरमा अलआउट हुन पुगेको प्रदेश नम्वर ६ ले कपतान रविन्द्र जङ साहीको ३९ र निश्चल रावतको २२ रनको मद्दतमा १ सय ११ रन जोडेको थियो ।

टिमकालागि अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अङको आंकडा छुन सकेनन् । उसले ३२ रन अतिरिक्त पाएको थियो ।

Surya Tamang
Surya Tamang

प्रदेश ६ लाई झिनो रनको स्कोरमा रोक्ने क्रममा प्रदेश ३ का सूर्य तामाङ एक्लैले ५ विकेट लिए । ९ दशमलव २ ओभर बलिङ गरेका तामाङले २ मेडन ओभर राख्दै २२ रन खर्चिए ।

खेलको म्या अफ द म्याच बिजयी टिमका सूर्य तामाङ घोषित भए । प्रदेश ३ ले पहिलो जित निकालेपनि अघिल्लो चरण प्रवेश गर्न भने पाएन् ।

ग्रुप बि बाट सतप्रतिशत नतिजा निकाल्दै त्रिभुवन आर्मी क्लब यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेकाले आजको खेल प्रदेश ६ र प्रदेश ३ दुवै टिमकालागि प्रतिष्ठाको लडाई मात्र बन्यो । प्रतियोगिता अन्तर्गत भोलिको खेल एपीएफ र प्रदेश नम्वर १ बिच हुनेछ ।

२०७५ पुष २६, बिहीबार मा प्रकाशित

Leave a Comment