बार्सिलोनाले एमबाप्पे भित्र्याउन कोउटिन्होलाई बेच्ला ?

एजेन्सी-पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चलेको ट्रान्सफर चर्चाका अनुसार बार्सिलोनाले आफ्नो टिममा पछिल्लो समय चर्चामा रहेका केहि खेलाडी भित्राउने कसरत गरि रहेको खुलासा भएको थियो ।

अहिले बार्सिलोनाको आँखा पेरिस सेन्ट जर्मन (पिएसजी) का युवा स्टार खेलाडी केलियन एमबाप्पेमाथि परेको चर्चा छ । यति मात्र हैन की १९ वर्षीय युवा स्टारलाई आफ्नो क्लबमा अनुबन्ध गर्न आफ्ना प्रमुख खेलाडीको अफर गर्न समेत तयार रहेको बताइएको छ ।

एमबाप्पेका लागि मोटो रकम खर्चने तयारी गरेको छ । यदि मोटो रकममा एमबाप्पेलाई बेच्न नमाने पिएसजीलाई आफ्ना प्रमुख खेलाडी ब्राजिलियन फिलिपे कोउटिन्हो अफर गर्ने योजना बनाएको छ ।

बार्सिलोनाले काउटिन्होलाई गत जनवरीमा इंग्लिस क्लब लिभरपुलबाट १ सय ६२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । तर, पछिल्लो समय कोउटिन्होले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न नसकेपछि उनको विकल्प खोज्नेबारे बताइएको छ ।

त्यसैले पिएसजीका एमबाप्पे अनुबन्ध गर्न सक्ने अवस्था बने बार्सिलोना सो डिलमा कोउटिन्हो दिन तयार हुन सक्छ । बार्सिलोनाले अहिले मिडफिल्ड सुधार्न पिएसजीकै राबिओटलाई अनुबन्ध गरेको छ ।

२०७५ पुष २७, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment