एपीएफ र न्युडायमण्ड उपाधिकालागि भिड्ने

काठमाडौँ-हो¨वान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ र आयोजक न्युडायमण्ड एकेडेमी उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रवार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले नेपाल पुलिसलाई ३–१ को सोटमा हराउदै उपाधि नजिक पुग्न सफल भयो । सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा एपीएफले पुलिसलाई २७–२५,२५–९,२२–२५ र २५–२१ को सेटमा हरायो ।

दोश्रो सेमिफाईनलमा न्युडायमण्डले टप्स उपाबी पोखरालाई ३–० को सोझो सेटमा हराउन सफल भयो । न्युडायमण्डले पहिलो र दोश्रो सेटमा २५–१० र २५–११ को सहज जित निकाल्यो ।

तेश्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा न्युडायमण्डका प्रशिक्षक कुमार राईले स्टार खेलाडी प्रतिभा माली र पनमिका राईलाई कोर्टमा उतारेका थिएनन् ।

सेमिफाईनलमा पराजित पुलिस र टप्सले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । सुकेधारास्थित हो¨वान्जी ज्यलन धबलवष्बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाँउने छन ।

तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

बिद्यागततर्फको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने नगद पुरस्कारको प्रायोजन सेन्चुरी कमर्सियल बैंकले गरेको छ ।

२०७५ पुष २७, शुक्रबार मा प्रकाशित

Leave a Comment