यज्ञमानले घातक बलिङ गर्दै ७ विकेट लिँदा एपीएफ विजयी

काठमाडौँ- एमएम एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तरर्गत प्रदेस नम्बर एक, एपीएफ क्लबका यज्ञमानको घातक बलिङको शिकार बनेको छ । १ सय ५५ रनको झिनो लक्ष पछ्याउदै मैदान उत्रिएको प्रदेश नम्वर एक १७ दशमलव ५ ओभरमा ६२ रनमा अलआउट हुँदै ९२ रनले पराजित हुन पुग्यो ।

प्रदेश एकलाई सस्तैमा समेट्न एपीएफका यज्ञमान कुमाल एक्लैले ७ विकेट लिए ।

कसिलो बलिङ गरेका कुमालले ५ दशमलव ५ ओभरमा एक मेडन राख्दै १६ रन दिएर प्रदेश एकका ७ ब्याट्सम्यानलाई पभेलियन फर्काएका थिए। त्यसैगरी कमल सिङ ऐरीले ५ ओभरमा केवल ३ रन दिएर १ विकेट चटकाए ।

टिमकालागि भुवन कार्कीले २ विकेट हात पारे । प्रदेश एककालागि फिरदोस अन्सारी र निरज मुखियाले समान २३ रन जोडे ।

दिपेश कंडेलले १८ रन जोड्दा मुकुन्द यादवले १५ रन बटुलेका थिए । प्रदेश एकका सिद्धान्त लोहनी, मिनस थापा, पुष्प थापा र मनोज मण्डल शुन्य रनमा आउट हुन पुगे । १ दशमलव ६ ओभरमै पहिलो विकेट गुमाएको प्रदेश एकका ब्याट्सम्यान क्रिजमा सम्हालिन सकेनन् र एकपछि अर्को विकेट गुमाउन पुग्दा टिमले लज्जास्पद हार बेहोर्न पुग्यो ।

इनरुवा खेल मैदानमा जारी प्रतियोगितामा कम स्कोरमा कुनैपनि टिम समेटिएको यो पहिलो पटक हो ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले मजबुत सुरुवात गरेपनि चौथो ओभरमा पहिलो विकेटको क्षतिसँगै लय गुमाएको थियो । प्रदेश एकका बलर र फिल्डरहरुले राम्रो प्रर्दशन गरेपछि दबाब महसुस गरेका एपीएफका ब्याट्सम्यान खुलेर क्रिजमा टिक्न सकेनन् र पुरा टिम ३६ ओभरमा अलआउट हुन पुग्यो ।

अलआउट हुनु पुर्व एपीएफले आसिफ सेख र कमल सिङ ऐरीको समान ३३ रन मद्दतमा १ सय ५४ रन बनाएको थियो । टिमकालागि पुरन वि.क.ले २८ र प्रजवल साहीले १४ रन जोडेका थिए । प्रदेश एकका दिपेश कंडेलले ४ र सिद्धान्त लोहनीले ३ विकेट लिए ।

प्रतियोगिताको म्यान अफ द म्याच एपीएफका यज्ञमान कुमाल घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश ४ र एपीएफ बिच हुने छ ।

समचार स्रोत : ईनरुवा अनलाईन

२०७५ पुष २७, शुक्रबार मा प्रकाशित

Leave a Comment