चेल्सी छाडेको एक सातामै फाब्रिगास मोनाको पुगे

एजेन्सी- स्पानिस मिडफिल्डर सेस फाब्रिगासले प्रिमियर लिग क्लब चेल्सी छोडेको मात्र एक साता बढी भयो । फाब्रिगास अहिले फ्रान्सेली लिग वान क्लव मोनाकोमा अनुबन्ध भएका छन्।

प्रिमियर लिगमा कुनै समय टिममेट रहेका फ्रान्सेली लिजेण्ड थिएरी हेनरी र फाब्रिगासले आर्सनलबाट सँगै खेलेका थिए। अहिले तिनै हेनरीको प्रशिक्षणमा रहेको मोनाकोसँग फाब्रिगासले साढे तीन वर्षको सम्झौता गरेका हुन्।

फाब्रिगासले चेल्सीको लागि आफ्नो अन्तिम खेल एफए कप अन्तर्गत नटिंघम फरेस्ट विरुद्ध खेलेका थिए । उनलाई चेल्सी समर्थके उक्त खेलबाट बाहिरिदै गर्दा अन्तिम बिदाइ गरेका थिए ।

उनले यो अनुबन्धनलाई प्रोजेक्ट भनेका छन् । उनले टिममा अनुबन्धन भएर निकै ठुलो सहयोग गर्ने पनि बताए ।  फाब्रिगास सन् २०१४ मा बार्सिलोनाबाट चेल्सीमा अनुबन्ध भएका हुन् ।

त्यसअघि उनी प्रिमियर लिगको अर्को क्लब आर्सनलमा सन् २००३ देखि २०११ सम्म बिताएका थिए ।

Related image

२०७५ पुष २८, शनिबार मा प्रकाशित

Leave a Comment