नेरी र करुणाको उत्कृष्ट बलिङ, चीनले नेपाललाई दियो ४९ रनको लक्ष्य

काठमाडौँ– आजदेखि थाइल्याण्डमा शुरु भएको वुमन्स टी–२० स्म्यासको पहिलो खेलमा उत्कृष्ट नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
थाईल्याण्डमा जारि खेलको पहिलो इनिङमा नेरी थापा र करुणा भण्डारीले कसिलो बलिङ गरेपछि नेपालको महिला टिमले ४९ रनको लक्ष्य पाएको छ ।

थाइल्याण्डको एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर नेपालले चीनलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । कप्तान रुबिनाको उक्त निर्णयलाई बलरहरुले सही सावित गरिदिए।

नेपाली बलरको कसिलो बलिङसामु खुलेरखेल्न नसकेको चीनले नेपाललाई जितका लागि ४९ रनको लक्ष्य दिएको छ ।

नेरीले २ र करुणाले ३ विकेट लिइन् । पहिले ब्याटिङ गरेको चीनले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनायो ।

पहिलो ५ ओभरसम्म नेपालले विकेट लिन नसकेपनि नेरीले छैटौँ ओभरमा नेपाललाई पहिलो सफलता दिलाएकी थिइन्।

नेपालका लागि करुणाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिएन्।

चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन् । अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन् ।

२०७५ पुष २८, शनिबार मा प्रकाशित

Leave a Comment