वुमेन्स टि–२० स्म्यास : नेपालको शानदार शुरुवात, नौँ ओभरमै लक्ष्य पुरा

काठमाडौँ- वुमेन्स टि–२० स्म्यास अन्तरर्गत नेपाली महिला क्रिकेट टोलीले बिशाल जित निकालेको छ ।

थाईल्याण्डमा आज सुरु भएको थाईल्याण्ड वुमेन्स टि–२० स्म्यास प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चिनलाई सहजै पराजित गरेको हो ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चिनले पहिलो इनिंगमा २० ओभर पुरै ब्याटिंग गर्दै ६ विकेट गुमाएर ४८ रन बनाएको थियो । ४९ रनको लक्ष्य नेपालले विकेट नगुमाई नवौं ओभरमा पुरा गर्दै १० विकेटको जित दर्ता गरेको हो ।

नेपाललाई जितमा ओपनिङ्ग ब्याटिंग गरेका काजल र सिता राना मगरले अविजित ४९ रनको साझदारी गरे । काजलले अविजित १४ रन तथा सिताले अविजित २४ रन बनाईन् ।

२९ बलमा काजलले १ चौका तथा सिताले २५ बलमा ३ चौका प्रहार गरिन् ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, युएई, चिन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिको सहभागिता रहेको छ। सहभागी १० टोलिलाई ५-५ टिमको २ वटा समुहमा बिभाजन गरिएको छ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन् । दुवै समुहमा एक अर्का बीच १-१ खेल खेलीसकेपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा आइतबार मलेसियाको सामना गर्नेछ । खेल नेपाली समय बिहान ८:१५ बजे सुरु हुनेछ।

२०७५ पुष २८, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment