एपीएफ ७५ सालमा छैटौँ पटक च्याम्पियन

काठमाडौँ – विभागीय टिम एपीएफ नेपाली महिला भलिबलको च्याम्पियन टोली हो । घरेलु लिगहरुमा प्राय एपीएफकै राज हुन्छ ।
एपीएफलाई चुनौति दिन सक्ने एक मात्र टोलीहो न्यु डायमण्ड ।

तर, २०७५ सालमा यि दुई टोलीबिच चार पटक फाइनलमा भेट भै सकेको छ । चार पटकको फाईनल भेटमा एपीएफले चारै पटक जित हात पार्न सफल भएको छ । गत साल पनि एपीएफले घरेलु लिगहरुमा राजनै गरेको थियो ।

नेपालमा भएका सबै घरेलु लिगहरुको उपाधि एपीएफले र एक उपाधि न्यु डायमण्डले जित्न सफल भएको थियो । दोस्रो संस्करणको न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पनि एपीएफले उपाधि उचाल्न सफल भएको छ ।

काठमाडौंस्थित न्यु डायमण्डको भलिबल कोर्टमा भएको खेलमा एपीएफ ३–१ को सेटले विजयी भएको हो । आजको उपाधिसंगै एपीएफको यो सालमा हाल सम्मको छैटौँ उपाधि हो ।

एपीएफले २०७५ बौशाखमा पहिलो उपाधि उचालेको थियो । उसले सेर बहादुर खड्का स्मृतिमा न्यु डायमण्डलाई नै हराएर नयाँ बर्षको पहिलो लिग जितेको थियो ।

त्यस पछि पोखरामा भएको तिज महत्सवमा पनि न्यु डायमण्डलाई नै फाईनलमा हराउदै उपाधि उचालेको थियो ।  त्यस लगत्तै रोल्पामा भएको सभामुख कप पनि एपीएफकै नाममा भयो । यस पटक भने एपीएफले नेपाल पुलिसलाई पराजित गरेको थियो ।

एनबिए कपमा पनि न्यु डायमण्डलाई हराउदै एपीएफले उपाधि उचालेको हो । २२ औ महिला भलिबल प्रतियोगितामा भने फेरी पुलिससंग भेट भयो एपीएफले उक्त प्रतियोगितामा पनि उपाधि उचाल्न सफल भयो ।

एपीएफले उपाधिसंगै ३ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता न्यु डायमण्डले २ लाख रुपैयाँमा चित्त बुझायो । घरेलु टोली न्यु डायमण्ले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट सुरुवात गरे पनि दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२३ र अन्तिम सेटमा २५–१८ को जित निकाल्न सफल भयो ।

एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले लगातारको सफलताले खेलाडी र क्लबमा ठुलो उर्जा मिलेको बताए ।  उनले आउदो प्रतियोगितामा पनि आफ्नो टोलीले उपाधि होडमा बलिको दाबेदारी प्रस्तुत गर्ने पनि दाबि गरे ।

विधागततर्फको पुरस्कारमा
एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडी घोषित भईन उनले १५ हजार रुपैयाँ प्राप्त गरिन् ।  न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घोषित भईन् । न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिदा ललिता नाथ उत्कृष्ट क्विकर घोषित भईन् ।

उत्कृष्ट सेटर न्यु डायमण्डकै अनिषा सुनुवार र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए ।  एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लगर चुनिदाँ ज्ञानेन्द्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे ।

२०७५ पुष २८, शनिबार मा प्रकाशित

Leave a Comment