बीपीएल : सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहिन

काठमाडौँ : अहिले विश्वमै चर्चित रहेका नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा लगातार दुई खेलमा विकेट लिन असफल भएका छन्।

नेपालमा भएको एभरेष्ट प्रिमियर लिग (इपीएल), अष्ट्रेलियामा भइरहेको बिग बास लिग (बीबीएल) बंगलादेशमा भइरहेको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने क्रममा लगातार ७ खेलमा विकेट लिएका सन्दीप पछिल्लो दुई खेलमा भने विकेट लिन असफल भए।

बंगलादेशमा भइरहेको बीपीएलमा सिलेट सिक्सर्सबाट खेलिरहेका सन्दीपले शनिवार भइरहेको ढाका डाइनामाइट्स विरुद्धको खेलमा विकेट लिन सकेनन्।

अघिल्लो खेलमा चितागोङ भाइकिङ्स विरुद्ध पनि सन्दीपले विकेट लिन सकेका थिए।

ढाका विरुद्ध ४ ओभर बलिङ गर्दा सन्दीपले ९ बल डट फाले पनि चार बाउन्ड्री दिएका कारण महाँगा सावित भए। सन्दीपले २-२ चौका र छक्का दिए।

बीपीएलको डेब्युमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले कमिला भिक्टोरिएन्सविरुद्ध २ विकेट लिँदै डेब्युलाई शानदार बनाएका थिए।

सन्दीपले इपीएलमा ललितपुर प्याट्रिओट्सका लागि २ खेलमा विकेट लिएर अष्ट्रेलियामा बिग बास लिग खेल्न गएका थिए। त्यहाँ मेलवर्न स्टार्सका लागि लगातार चार खेल खेल्दै चारै खेलमा विकेट लिएका सन्दीप सन २०१९ सुरु भएलगत्तै बंगलादेश पुगेका हुन्।

२०७५ पुष २८, शनिबार मा प्रकाशित

Leave a Comment