प्रिमियर लिग : लिभरपुललाई ७ अंकको अग्रता

एजेन्सी–लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थान यथावत राखेको को छ । शनिवार राति भएको खेलमा ब्राइटनविरुद्ध १–० को जित निकाल्दै तालिकमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी ७ पुराएको हो ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलका दोस्रो हाफको ५० औँ मिनेटमा सलाहले निर्णायक गोल गरेका थिए ।

उनले पेनाल्टी मार्फत गोल गरेका हुन् । मिडफिल्डर पस्कल ग्रसले सलाहलाई फर गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

Image result for liverpool

शनिबार रातिनै भएको अर्को खेलमा १५ औं स्थानको बर्नलेले रेलिगेशन जोनको फुलहममाथि २–१ गोलको जित निकालेको छ । फुलहमले पहिलो हाफको दोस्रो मिनेटमै अग्रता लिए पनि जोगाउन भने सकेन ।

कार्डिफ र हडल्सफिल्ड गोल रहित बराबरीमा रोकिएका छन् । वाटफोर्डले क्रिष्टलमाथि २–१ को जित निकालेको छ । त्यस्तै साउथ ह्याम्पटनले लेस्टर सिटिमाथि पनि २–१ को जित निकाल्न सफल भयो ।

२०७५ पुष २९, आईतवार मा प्रकाशित

Leave a Comment