बेर्नाडेस्ची र मोइसले गोल गर्दा युभेन्ट्स कोपा इटालियाको क्वाटरफाइनलमा

एजेन्सी-इटालीयन क्लब युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बोलोग्नालाई २-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।

युभेन्ट्सको जितका लागि फेड्रिको बेर्नाडेस्ची र मोइस कानले एक एक गोल गरे । उक्त खेलमा क्रिस्टियानो रोनाल्डो र पाउल डिबालालाई बेन्चमा राखेको थियो । खेलको नवौं मिनेटमा बेर्नाडेस्चीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ४९ औं मिनेटमा कानले गोल गर्दै युभेन्ट्स जित पक्का गरे । दोस्रो हाफमा रोनाल्डो र डिबला मैदान प्रवेश गरेपनि थप गोल हुन भने सकेन ।

रोनाल्डो ६२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए भने डिबाला ७७ औं मिनेटमा मैदान प्रवेश गरे । यस्तै अन्य खेलमा एसी मिलान साम्पडोरियालाई अतिरिक्त समयमा २-० ले पराजित गरेको छ भने लाजियोले नोभारालाई ४-१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको छ ।

२०७५ पुष २९, आईतवार मा प्रकाशित

Leave a Comment