सर्बाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको तयारि पुरा

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा माघ १ गतेदेखि माघ ५ गतेसम्म पोखरामा हुन लागेको दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारि पुरा भएको छ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठले सम्भवतः नेपालको इतिहासमा सर्बाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने जनाए।

३ विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) सहित सातै प्रदेशका ७ टिम सहित १० टिमको सहभागिता रहने छ। माघ १ गते हुने उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

प्रतियोगिताको बिजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो हुनेले १ लाख ७० हजार, तेस्रो हुनेले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन। साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।

३८ लाखको अनुमानित लागतमा आयोजना गर्न लागिएको प्रतियोगिता अन्तर्गत उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सटर, बेष्ट लिब्रो र वेष्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार प्रदान गरिनेछ।

दर्शकालागि खेल अवलोकनका लागि क्वाटरफाईनल सम्मका खेललाई रु. १ सय टिकट र सेमीफाइनल र फाइनल खेलको टिकट रु २ सयको व्यवस्था गरिएको छ।

(समाचार श्रोत: पोखरा स्पोर्ट्स)

 

२०७५ पुष २९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment