वुमेन्स टि-२० स्म्यास: युएईको टि-२० इतिहासकै सबैभन्दा फराकिलो जित

काठमाडौँँ-थाइल्याण्ड क्रिकेटको आयोजनामा थाइल्याण्डमा जारि महिला टि२० स्म्यास प्रतियोगिता अन्तर्गत संयुक्त अरब इमिरेट्सले चिनलाई पराजित गरेको छ। यो जितसँगै युएईले अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै किर्तिमान समेत आफ्नो नाममा लेखाएको छ।

टस जितेर पहिले ब्याटिंग गरेको युएईले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २०३ रनको बिशाल योगफल तयार पारेको थियो। उसका लागि ओपनर ब्याट्सवुमन इशा रोहित ओजाले सर्बाधिक ८२ रन बनाईन। ६२ बलको सामना गरेकी उनले १३ चौका प्रहार गरिन।

त्यस्तै चाया मुघलले ३३ रन (३८ बल, २ चौका) र नमिता डि’सुजाले २६ रन (१६ बल, ४ चौका) बनाउँदा कविशा कुमारी नानायेक्करेवसन इगोदाजेले १८ बलमा अविजित २५ रन बनाईन। युएईले अतिरिक्त २५ रन पाएको थियो।

जवाफमा २०४ रनको बिशाल लक्ष्य लिएर उत्रिएको चिन १० ओभरमा मात्र १४ रनको योगफलमा समेटियो। उसलाई सस्तैमा समेट्न इशनी मनानेलागेले १ ओभर बलिंग गर्दै बिना कुनै रन दिएर ३ विकेट हात पारिन। त्यस्तै चाया मुघलले ३ विकेट लिन ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चिन। नमिता डि’सुजाले २ विकेट लिन ८ रन खर्चिंदा १ विकेट नेहा शर्माको नाममा रह्यो।

युएईको ऐतिहासिक फराकिलो जित

संयुक्त अरब इमिरेट्सले चिनलाई मात्र १४ रनमा रोक्दै १८९ रनको बिशाल जित दर्ता गर्यो। यो अन्तर हाल सम्मको -२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा फराकिलो अन्तर हो।

यसअघि महिला तर्फ नामिबियालेसन् २०१८ मा २११ रनको स्कोर बनाउँदै लेसोथोलाई १७९ रनले पराजित गरेको थियो भने पुरुष तर्फ श्रीलंकाले सन् २००७ मा केन्या बिरुद्द प्राप्त गरेको १७२ रनको अन्तर नै सबैभन्दा फराकिलो अन्तर थियो।

चिनको सबैभन्दा थोरै स्कोर

चिनले बनाएको १४ रनको योगफल कुनैपनि टि२० खेलमा सबैभन्दा कम रहेको छ। यसअघि यो रेकर्ड मेक्सिकोको नाममा रहेको थियो जसले ब्राजिल बिरुद्द सन् २०१८ को अगस्टमा ९.५ ओभरमा सबै विकेट गुमाउँदै १८ रनमात्र बनाउन सकेको थियो।

२०७५ पुष २९, आईतवार मा प्रकाशित

Leave a Comment