रासफोर्डको निर्णायक गोलमा म्यानचेष्टर युनाइटेड विजयी

प्रिमियर लिगमा आइतवार भएको खेलमा म्यानचेष्टर युनाइटेडले टोटनहम हट्सपरलाई १-० ले पराजित गरेको छ। नयाँ म्यानेजर ओले गनरको सोल्ससायरको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिगमा लगातार पाँच खेल जितेको हो।

युनाइटेडलाई ३ अंक दिलाउन मार्कोस रासफोर्डले पहिलो हाफको ४४औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। उनले पउल पोग्वाको लामो पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

युनाइटेडको जितमा पर्दा पछाडीका नायकका रुपमा रहेका गोलरक्षा डेविड डे हेअले दवस्रो हाफमा टोटनहमका खेलाडीको ११ प्रहार बचाएका थिए।

जितपछि युनाइटेडले २२ खेलबाट पाँचौ स्थानको आर्सनल समान ४१ अंक जोडेको छ। उता टोटनहम भने समान खेलबाट ४८ अंकसहित तेस्रो स्थानमै छ।

लिगकै अर्को खेलमा एभरटनले एएफसी बर्नमाउथलाई २-० ले पराजित गरेको छ।

 

२०७५ पुष ३०, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment