ला लिगामा मेसीको चार सयौँ गोल पूरा, बार्सिलोना, एट्लेटिको र रियल मड्रिड विजयी

लियोनल मेसीले स्पानिस ला लिगामा चार सयौँ गोल पुरा गर्दा बार्सिलोनाले आइवरलाई ३-० ले पराजित गरेको छ । मेसीको कीर्तिमानी गोलसँगै लुइस स्वारेजले दुई गोल गरेपछि बार्सिलोनाले सहज जित हात पारेको हो ।

५३औँ मिनेटमा गोल गर्दै मेसीले ४०० गोलको कोसेढुंगा पार गरे। मेसी युरोपको उच्च पाँच लिग मध्ये एकै लिग खेलेर यो उपलब्धी हात पार्ने पहिलो खेलाडी समेत बने ।

तीन देशका लिग खेलेर क्रिकस्टियानो रोनाल्डोले ४०९ गोल गरिसकेका छन्। तर ला लिगामा भने रोनाल्डो मेसी भन्दा धेरै पछि छन्।

यस्तै सुवारेजले १९औँ र ६७औँ मिनेटमा बार्सिलोनका लागि गोल गरे ।

जितपछि १९ खेलबाट ४३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा आसिन छ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडले एन्टोनी ग्रीजमनको पेनाल्टी गोल मद्दतमा लेभान्टेलाई १-० ले पराजित गर्दै ३८ अंक जोडेको छ।

अर्को मड्रिड क्लब रियलले रियल बेटिसलाई २-१ ले पराजित गर्दा सेभिया भने एथ्लेटिक विल्वाओसँग २-० ले पराजित भयो ।

रियलका लागि लुका मोडरिच र डानी सेवालेसले एक-एक गो गरे ।

जितपछि रियलले १९ खेलबाट सेभिया समान ३३ अंक जोडेको छ र चौथो स्थानमा उक्लेको छ। सेभियाले भने दोस्रो स्थानको एट्लेटिकोसँग अंकदूरी कम पार्ने अवसर गुमायो ।

 

 

 

२०७५ पुष ३०, सोमबार मा प्रकाशित