लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेस

एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगतार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले आज युएईले ६ विकेटले पराजित गरेको हो । यस भन्दा अघि मलेसियालाई ६ र चीनलाई १० विकेटले हराएको थियो ।

१ सय ६ रनको लक्ष्य पक्ष्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।ओपनर सिता राना मगरले ३५ बलमा ४ चौक प्रहार गर्दै ३७ रन र काजलले २४ रन बनाए ।

इन्दु बमा १३, डोली भट्ट ७, कप्तान रुविना क्षेत्री वेलवासे १० र नेरी थापा ६ रनमा नट आउट रहे । युएईका लागि ईशा ओझा र हुमीरा तास्नेम,चामणी सेनेविरत्नेले समान एक विकेट लिए ।

त्यस अघिटस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनाएको थियो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् ।

ईशा ओझालाई २८,चामणी सेनेविरत्नेले २३ र निहा शर्मा २ रनमा नट आउट रहे । काभिशा कुमारी ५ रन बटुलिन् । नेपालका लागि करुणा भण्डारी,सोनु खड्का र सिता राना मगरले समान १–१ विकेट लिए ।

२०७५ पुष ३०, सोमबार मा प्रकाशित

Leave a Comment