काठमाडौँँ-नेपाल सितोरियो कराते सँघ, शाखा डोजो नक्सालमा आजबाट विशेष कराते प्रशिक्षण शुरूवात भएको छ ।
नक्सालका प्रशिक्षक ,सहायक प्रशिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै बंगलादेशका खेलाडीहरु सहित करिब एकसय पचास जना सहभागी छन् ।
उक्त विशेष प्रशिक्षणलाई जापानका ग्र्यान्ड मास्टर मसाया कोहामा ले सहभागी प्रशिक्षक तथा खेलाडीहरुलाई प्रशिक्षण गराउनुभएको थियो ।
कार्यक्रममा वंगलादेशका प्रशिक्षक सफिकुल ईस्लाम (लभ्लु ) , सोतोकान करातेका प्रशिक्षक कृष्ण मानन्धर , नक्साल डोजोका
पदाधिकारीहरु लगायत विभिन्न महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।