दशौँ फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ लाई

काठमाडौ-झापा ११ दशौँ फाल्गुनन्द गोल्डकप च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि चुमेको हो ।

झापा ११ अखिल नेपाल फुटबल संघ ९एन्फा०को क्यालेन्डरमा पर्ने जारी सिजनको पहिलो गोल्डकप उपाधि उचाल्न सफल समेत भयो ।

उपाधि चुमेको झापा ११ ले नगद ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले २ लाख रुपैयाँमा चित्त बुझायो ।

झापाका लागि दुवै गोल पुजन उपरकोटीले गरेका हुन् । आर्मीका लागि सुदिप राईले गोल गरे । फिदिमस्थित फिदिम माविको खेलमैदानमा सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा झापाका पुजन उपरकोटीले खेलको २३ औँ मिनेटमा पहिलो गोल गर्दै टिम अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले पछि परेको आर्मीका लागि खेलको ७१ औँ मिनेटमा सुदिप राईले गोल गरेर खेलमा फर्किएको थियो ।

राजीवको कडा प्रहार गोलपोस्टमा लागेर गोल लाइन क्रस गरेर बल बाहिर निस्केको थियो । तर, झापाका पुजन उपरकोटीले खेलको ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर झापालाई उपाधि दिलाउन सफल भए ।

दर्शकको भरपुर समर्थन पाएको झापा आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उत्रेको थियो । आर्मीले भने केही अनुभवी खेलाडीसहित दोस्रो सेटलाई मैदान उतारेको थियो ।

प्रतियोगितामा झापाले ताप्लेजुङ, एपीएफ र सरस्वती युथ क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आर्मीले क्वार्टरफाइनलमा आयोजक फिदिम स्र्पो्टिङ क्लब र सेमिफाइनलमा भारतको रोयल एफसी दार्जी्लिङलाई पन्छ्उदै उपाधि होडमा पुगेको हो ।

फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपमा १० टिमले सहभागीता जनाएका थिए ।

सर्वोत्कृष्ट खेलाडी झापाका देवेन्द्र तामाङ

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका देवेन्द्र तामाङ घोषित भए । उनले एक थान मोटरसाइकल प्राप्त गरे । पुजन बेस्ट मिडफिल्ड घोषित हुँदा दिलेन लोक्ताम बेस्ट फरवार्ड, बेस्ट किप्पर मनोज प्रधान घोषित भए भने बेस्ट कोच झापाकै प्रवेश कटुवाल घोषित हुँदै जनही १० हजार पाए । उदीयमान खेलाडी अयोजकका कप्तान नरेश सम्वाहाम्फे घोषित भए ।

त्यस्तै, खेलको म्यान अफ दी म्याच आर्मीका राजीव गुरुङ र बेस्ट डिफेन्स आर्मीकै युद्ध शाही भएर नगद १०–१० हजार पाए । खेलमा सर्वाधिक चार गोल गरेका कर्ण लिम्बूले नगद १५ हजार पाए ।

समाचार स्रोत : ई पुर्व अनलाइन

२०७५ पुष ३०, सोमबार मा प्रकाशित