लिभरपुलसंगको अंक दुरि कम गर्दै सिटी

एजेन्सी-प्रिमियर लिग फुटबलको सोमबार राति खेलिएको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।

सिटीले घरेलु मैदानमा भएको खेलमा वल्भरह्याम्पटनसंग ३-० गोल अन्तरले जित हात परेको हो ।

आजको जितसंगै सिटीले ‘लिग लिडर’ लिभरपुलसँगको दूरी कम गरेको छ ।

 

खेलको १९ औं मिनेटमै वल्भरह्याम्पटन ११ खेलाडीमा समेटिएको थियोे ।  वल्भरह्याम्पटनका विली बोली रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

बेनार्डो सिल्भासँग फल खेलेका कारण उनले रातो कार्ड पाएका थिए ।

सिटीलाई जित दिलाउन ग्याब्रियल जिससले पहिलो हाफ दुई गोल गरे । उनले खेल १० औं मिनेटमै पहिलो गोल गरे भने  ३९ औं मिनेटमा पेनाल्टीमार्फत अर्को गोल थपेका थिए ।

निर्धारित समयको ७८औं मिनेटमा वल्भरह्याम्पटनका कोनर कोडीबाट आत्मघाति गोल भएपछि म्यानचेस्टर सिटीको जित अझ सह बनेको थियो ।

समान २२ खेल खेलेको लिभरपुल ५७ अंकसहित तालिकाको  शिर्ष स्थानमा छ । सिटी भने ५३ अंकसहित लिभरपुललाई पछ्याउँदै छ ।

२०७५ माघ १, मंगलवार मा प्रकाशित