सभामुख कप महिला भलिबल : पहिलो खेलमा एपीएफको सहज जित

पोखरा–दोस्रो संकरणको सभामुख कप महिला भलिबल अन्तरर्गत एपीएफले पहिलो जित निकालेको छ । मंगलबार भएको पहिलो खेलमा प्रदेश नं १ बिरुद्ध तीन सेटको सोझो जित निकालेको हो ।

पहिलो सेटमा २५–३ मा जित निकालेको एपीएफले दोस्रो सेटमा पनि २५–८ को जित निकाल्न सफल भएको थियो । एपीएपले तेस्रो सेटमा २५–३ को सहज जित निकाल्न सफल भएको थियो ।

पोखरामा आज देखी शुरु भएको प्रतियोगितामा ३ बिभागिय र सात वटा प्रदेशका गरि १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तरर्गत उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । आजनै हुने अन्य खेलमा प्रदेश २ ले प्रदेश ५ संग प्रस्तिस्पर्धा गर्ने छ । आजनै हुने अर्काे खेलमा भिभागिय टोली नेपाल आर्मिले प्रदेश ३ संग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको बिजेताले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ भने दोश्रो हुनेले १ लाख ७० हजार, तेस्रो हुनेले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रतियोगिता अन्तर्गत उत्कृष्ट विधाहरुमा जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार प्रदान गरिनेछ ।

२०७५ माघ १, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment