आर्मी क्लबलाई पराजित गर्दै प्रदेश नम्बर ३ क्वाटरफाइनलमा प्रवेश

पोखरा-पोखरामा मंगलबारबाट सुरु भएको दोस्रो सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगितामा प्रदेश नम्बर ३ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै प्रदेश नम्बर ३ क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पोखराको रंगशालामा भएको दिनको तेस्रो खेलमा प्रदेश नम्बर ३ ले आर्मीलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेटमा २५–१० को सहज जित निकालेको प्रदेश नम्बर ३ ले दोस्रो सेट १२–२५ ले गुमाएको थियो ।

दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै आर्मीले दोस्रो सेटमा सहज जित निकाल्न सफल भएको थियो । सुरुआती दुई सेट बराबरी पछि निकै रोमाञ्चक बनेको खेलको तेस्रो सेटमा भने प्रदेश नम्बर ३ ले २५–२० को जित निकाल्यो । दुई सेटको जित पछि उच्च मनोबलमा रहेको प्रदेश नम्बर ३ ले अन्तिम सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–१४ को सहज जित दर्ता ग¥यो । चौथो सेटको जितस“गै प्रदेश नम्बर ३ ले प्रतियोगितामा क्वार्टर फाइनलको यात्रा तय गर्न सफल भयो ।

२०७५ माघ १, मंगलवार मा प्रकाशित