नेमार किन परेनन् युइएफए वर्ष २०१८ को ‘ड्रिम टिम’ मा ?

‍एजेन्सी- ब्राजिलका युवा खेलाडी नेमार जुनियर युइएफए वर्ष २०१८ को ‘ड्रिम टिम’ मा परेनन् ।

युइएफएले भर्खरै सार्वजनिक गरेको २०१८ को ‘ड्रिम टिम’ मा उनलाई स्थान मिलेन ।

उसोत नेमार बार्सिलोना छाडे यता ऊनी धेरै जसो अवार्ड को टप तीनमा पर्न मुस्किल हुन्छ ।

युरोपको सर्वच्चो निकाय युइएफएले अनलाइन भोटिङका मार्फत ११ खेलाडीको वर्ष २०१८ को उत्कृष्ट टिम घोषणा गरेको हो ।

उत्कृष्ट टिममा यसपटक सबैभन्दा धेरै खेलाडी रियल मड्रिडका खेलाडी अटाएका छन् । टोलीमा रियलका डिफेन्डर राफेल भराने, सर्जियो रामोस, लुका मोड्रिक र मार्सेलो टोलीमा परेका हुन् ।

त्यस्तै बार्सिलोनाका लियोनल मेस्सी र गोलरक्षक मार्क आन्द्रे टर स्टेगेर परेका टन् । फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे टोलीमा परे  ।

युभेन्टसबाट क्रिस्टियानो रोनाल्डो, इंग्लिस क्लब लिभरपुलभर्जिल भान डिज्क, चेल्सीबाट एन्गोले कान्टे र इडेन हाजार्ड परेका छन् ।

२०७५ माघ २, बुधबार मा प्रकाशित

Leave a Comment