वुमन्स टी-२० स्म्यास : नेपालको लगातार चौथो जित, समूह ए को विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ : थाइल्याण्डमा भइरहेको वुमन्स टी २० स्म्यासमा नेपाली महिला टोलीले लगातार चार खेल जितेको छ। यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको नेपाल बुधवार थांइल्याण्डको ए टिमलाई ९ विकेटले पराजित गर्दै समूह ए को विजेता बनेको हो।

नेपालको लागि पहिलो खेल खेलेकी आरती बिडारीले सहित बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा नेपालले सहज जित हात पार्‍यो।

समूह ए मा चारै खेल जित्दै समूह विजेता बनेको नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ।

थाइल्याण्डको ए टिमले पहिले ब्याटिङ गर्दै १५.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १२९ रन बनाएको थियो। जवाफमा २० रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालको लागि ममत चौधरीले ९ बलमा १ चौकासहित ८ रन बनाइन्। नेरी थापा ५ र डोली भट्ट २ रनमा नटआउट रहिन्। थाइल्याण्ड ए का लागि फानिता मायाले १ विकेट लिइन्।

त्यसअघि थाइल्याण्ड एलाई कम स्कोरमा अलआउट गर्न नेपालका लागि आरती बिडारीले ४ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्। इन्दु बर्मा र सरीता मगरले २-२ विकेट लिइन्।

इन्दुले २ ओभरमा १ मेडन राख्दै २ रन खर्चिइन् भने सरीता मगरले ३ ओभरमा १ मेडन राख्दै ४ रन खर्चिइन्। यस्तै कप्तान रुबिना क्षेत्रीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चेर १ विकेट लिइन्। सोनु खड्का र सीता राना मगरलेले पनि १ विकेट लिइन्।

थाइल्याण्ड ए का लागि थान्चानोक पप्लुकले २४ बल खेल्दै नटआउट ४ रन बनाइन्। त्यो नै थाइल्याण्ड ए को व्यक्तिगत उच्च स्कोर बन्यो। पाँच खेलाडीले खाता समेत खोल्न नसकेको थाइल्याण्ड ए ले ७ रन एक्स्ट्राबाट पाएको थियो।

 

 

२०७५ माघ २, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment