सुदूरपश्चिमलाई हराउदै एपीएफ क्वाटरफाइनलमा

पोखरा-पोखरामा जारी दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा बिभागिय टोलि एपीएफ क्वाटरफाइन्लमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

एपीएफले पहिलो सेटमा २५–४ ले जित निकाल्दा दोस्रो सेटमा २५–७ को जित निकालेको थियो सुदूरपश्चिमलाई भारी परेको एपीएफले अन्तिम सेटमा २५–३ को सोझो जित निकाल्न सफल भयो ।

आजको जितसंगै एपीएफले समूह ‘ए’ बाट विजेता हुदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । त्यस्तै समुह ‘ए’ मा नै रहेको प्रदेश नम्बर १ उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । प्रदेश नम्बर १ ले पनि सुदूरपश्चिमलाई नै ३–२ को सेटले हराएको थियो । प्रदेश १ ले २५–१३, १५–२५,१७–२५,२५–२२ र १५–११ को सेटमा जित निकाल्दै उप बिजेत ाबनेको हो र।

आजनै भएका अन्य खेलमा समूह ‘बी’ बाट प्रदेश नम्बर ५ र २ ले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । यी दुवै प्रदेशले कर्णाली हराउदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

प्रदेश नम्बर ५ ले कर्णालीलाई २५–१५, २५–११ र २५–१० को सेटमा हराउदा प्रदेश २ ले २५–२३,२५–१०,२५–१० र २५–१६ को सेटमा हराउन सफल भएको हो ।

प्रतियोगितामा प्रथमहुने टोलीले नगद ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टिमले १ लाख ७५ हजार, तेस्रोले १ लाख रुपैयाँ र चौथोले सान्त्वना स्वरुप २५ हजार रुपैयाँ पाउने छन् ।

२०७५ माघ २, बुधबार मा प्रकाशित

Leave a Comment