हार्न बिर्सेको एपीएफ महिला भलिबल टोली

पोखरा – एक समय थियो नेपाली महिला भलिबल भेटाउन विभागिय टोलिमा मात्र चार्नु पर्थ्यो । तर हिजो आज नेपाली महिला भलिबलमा पनि निकै परिवर्तन आएको छ । हाल महिला भलिबलमा पनि विभिन्न लिगहरु हुन थालेका छन् ।

पछिल्लो समय भैरहेका सभामुख कप, ढोरपाटन लिग, दिदि बहिनि महिला भलिबल लिग महिला भलिबलका गतिल्ला उदारण हुन् । नेपालमा अहिले महिला भलिबलको आधा दर्जन भन्दा बढी प्रतियोगिताहरु हुने गर्छ ।

नेपाली महिला भलिबलको कुरा गर्दा सशस्त्र प्रहरी बलको एपीएफ लगायत तीन विभागिय र न्यू डायमण्ड एकेडेमीको नाम अगाडि आउँछ । कुनै बेला महिला भलिबलमा सशत्क रहेको अर्को विभागीय टोली नेपाल पुलिसलाई अहिले पुरानँ साख जोगाउन मुस्किल परिरहेको छ ।

पछिल्ला केहि वर्ष यता भएका महिला भलिबल लिगहरुमा एपीएफले राज गरेको छ । ‘महिला भलिबलको च्याम्पियन’ उपमा पाएको एपीएफको सफलताका पछि राम्रो लगानी, नियमित प्रशिक्षण, उत्कृष्ट प्रशिक्षक तथा खेलाडीको मेहेनत मानिन्छ ।

२०७५ सालमा भएका महिला भलिबलका लिगहरुमा एपीएफले छौटौँ पटक उपाधि उचालि सकेको छ । एपीएफमा हाल ६ जना राष्ट्रिय खेलाडी र अन्य खेलाडीहरु छन् । एपीएफको महिला तथा पुरुष भलिबल टिमलाई प्रशिक्षक ज्ञानेन्द्र बिष्ठले प्रशिक्षण गर्दै आहिरेका छन् ।
उनले प्रशिक्षण गर्न लागेको समय देखि हाल सम्म एपीएफले उपाधिको लागि पछि फर्केर हेर्नु परेको छैन ।

आफ्नो टिमको सफलताका पछि खेलाडीहरुको ठुलो हात रहेको प्रशिक्षक बिष्ठ बताउँछन् । भर्खरै मात्र सम्पन्न भएको न्यू डायमण्ड कप महिला भलिबल प्रतियोगितामा प्रथम भएपछि खेल नेपालसंग कुरा कानि गर्दै उनले यस्तो बताएका हुन् ।

टोलीलाई झनै हौसला प्रदान गर्न र सफलता पुराउन सरस्वती चौधरी, रेश्मा भण्डारी, नेविका चौधरी जस्ता खेलाडी पनि छन् । जसले एपीएफको जित पछि जोडदार मेहेनत गरिरहेका छन् ।

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत रहेकी बिनिता बुढाथोकिको कप्तानीमा रहेको एपीएफले अहिले दोस्रो संस्करणको सभामुख कप महिला भलिबल खेल्दैछ । एपीएफले हालसम्म खेलेका दुई मध्य दुबै खेलमा तीन सेटको सोझो जित निकाल्न सफल भएको छ ।

एपीएफले आफ्नो पहिलो खेलमा प्रदेश नं १ लाई तीन सेटको सोझो अन्तरले हराउन सफल भएको थियो । प्रदेश १ लाई २५–३, २५–५ र २५–३ को सोझो सेटले हराउन सफल भएको थियो ।

दोस्रो खेलमा सुदुर पच्चिम प्रदेशलाई पनि तीन सेटको सोझो जित निकाल्न सफल भयो । एपीएफले पहिलो सेटमा २५–४ ले जित निकाल्दा दोस्रो सेटमा २५–७ को जित निकालेको थियो सुदूरपश्चिमलाई भारी परेको एपीएफले अन्तिम सेटमा २५–३ को सोझो जित निकाल्न सफल भयो ।

आजको जितसंगै एपीएफले समूह ‘ए’ बाट विजेता हुदै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

२०७५ माघ २, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment