रोनाल्डोको निर्णायक गोलमा युभेन्ट्स च्याम्पियन

एजेन्सी–युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि उचालेको छ । बुधबार राति भएको फाइनल खेलमा मिलानलाई १–० गोलले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

युभेन्ट्सलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल क्रिस्टियानो रोनाल्डोले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रोनाल्डोले निर्णायक गोल गरेका थिए ।

उनले खेलको ६१ औं मिनेटमा रोनाल्डोले हेड गोल गरेका थिए । मिरालिम पाजनिकले उपलब्ध गराएको पासमा रोनाल्डोले ट्रेड मार्क हेड गोल गरेका हुन् ।

यस्तै खेलको ७४ औं मिनेटमा फ्रान्कले रातो कार्ड खाएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो ।

यो उपाधिसँगै रोनाल्डोले युभेन्ट्सबाट पहिलो उपाधि जितेका छन् । यसै सिजनको सुरुवातमा रियल मड्रिडबाट आएका रोनाल्डोले पहिलो उपाधिमा निर्णायक गोल समेत गरे ।

सुपर कपको उपाधिसँगै युभेन्ट्सले सिजनको पहिलो उपाधि घर भित्र्याएको छ । यस्तै युभेन्ट्सले कीर्तिमानी आठौं पटक सुपर कप जितेको हो ।

२०७५ माघ ३, बिहीबार मा प्रकाशित