कोपा डेल रे : दोस्रो लेगमा पराजित भएपनि रियल क्वाटरफाइनलमा, एट्लेटिको बाहिरयो

एजेन्सी-स्पानिस कोपा डेल रेमा रियल मड्रिड पराजित भएको छ । लेगानेससँग दवस्रो लेगमा १-० को हार बेहोरे पनि रियल अन्तिम आठमा प्रवेश गरेको छ । उता एट्लेटिको मड्रिड भने बाहिरीएको छ ।

गएराति भएको खेलमा जिरोनासँग प्रिक्वाटरफाइनलको दोस्रो लेगमा तीन तीन खेलको बराबरी खेलेपछि एट्लेटिको मड्रिड अवे खेलमा पछि पर्दै प्रतियोगिताबाट बाहिरीयो ।

खेलको १२ औं मिनेटमा निकोला केलिनिकको गोल मार्फत एट्लेटिकोले अग्रता बनाएको थियो । तर ३७ औं मिनेटमा भलेरी फर्नान्डेज र ५९ औं मिनेटमा क्रिस्टियन स्टुनीले गोल गर्दै जिरोनालाई दुई एकको अवस्थामा पुर्याए ।

तर ६६ औं मिनेटमा एञ्जेल कोरीको गोलले एट्लेटिकोले खेल दुई दुई को बराबरी गर्न सफल भयो । गोलको बर्षामा भएको खेलमा त्यसपछि एन्टोइन ग्रिजमनले गोल गर्दै फेरी एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

तर खेलको अन्तिम समयमा सिइडु डोउम्बियाले गोल गर्दा जिरोनाले क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

गयराती नै भएको अर्को खेलमा रियल मड्रिड दोस्रो लेगमा लेगानेससँग एक शुन्यले पराजित भयो । तर पहिलो लेगमा हात पारेको तीन शुन्य गोलको अग्रताका कारण उसले हारपछि पनि क्वाटरफाइनलमा स्थान बनायो । यस्तै सेभियाले पनि दोस्रो लेगमा एथ्लेटिको विल्वाओसँग १-० ले पराजित भएपनि क्वाटरफाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा सेभियाले विल्वाओलाई ३-० ले हराएको थियो ।

२०७५ माघ ३, बिहीबार मा प्रकाशित

Leave a Comment