एपीएफ र प्रदेश ३ सभामुख कप महिला भलिबलको सेमिफाइनलमा

पोखरा–पोखरामा जारि दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ, प्रदेश ३, गण्डकी प्रदेश र नेपाल पुलिसले सेमिफाइनल मा आफ्नो स्थान पक्का गरेका छन् ।

बिहीबार भएको क्वाटरफाइनल खेलमा विभागीय क्लब एपीएफले त्रिभुवन आर्मीलाई हराउदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । निकैने रोमाञ्चक खेलमा एपीएफले आर्मिलाई पहिलो सेटमा २५–१५ ले रोकेको थियो ।

पहिलो सेटमा फराकिलो अन्तरले रोखेको एपीएफलाई दोस्रो सेटमा भने आर्मिले केहि चुनौति दिएको थियो । दोस्रो सेटमा शुरुवाति अग्रता बनाएको आर्मिले आफ्नो अग्रतालाई कायम राख्न भने सकेन । आर्मिले दोस्रो सेटमा पनि २५–१९ को हार बेहोरेको हो ।

अन्तिम सेटमा पनि आर्मिले सन्तोस जनक प्रदर्शन गर्न नसक्दा एपीएफले २५–१६ ले आर्मिलाई पराजित गर्यो । यस्तै आजनै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर ५ लाई पनि तीन सेटको सहज जित निकाल्न सफल भयो ।

गण्डकी प्रदेशले २५–१४, २५–६, २५–१७ को सेटमा पराजित गर्याे । तेस्रो क्वाटरफाइनलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर १ लाई ३–० को सेटमा हरायो । प्रदेश ३ ले २५–३, २५–१४, २५–१० ले पराजित गरेको हो । तीन सेटको सोजो जित दिलाउन प्रदेश तीनले ठुलो मेहनत भने गर्नु परेको थिएन ।

प्रदेश ३ का प्रशिक्षक कुमार राईले आफ्नो टोलीका सिनियर खेलाडीहरुलाई दोस्रो सेट पछि बाहिर तानेर नयाँ खेलाडीलाई भित्र छिराएका थिए । तै पनि प्रदेश ३ ले सहज जित निकाल्दै सेमिफाइनमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

सैगरी चौथो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले प्रदेश २ लाई २५–१४, २५–१७, २५–१२ को सेटमा पराजित गरेको हो।
अब शुक्रवार हुने सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश तथा प्रदेश नम्बर र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

२०७५ माघ ३, बिहीबार मा प्रकाशित

Leave a Comment