डेब्यू खेलमा पुजाको उत्कृष्ट प्रदर्शन

पोखरा– सशस्त्र प्रहरी बलकि भलिबल खेलाडी पुजा चौधरीले राष्ट्रिय भलिबल खेलमा आफ्नो डेब्यू गरेकि छन् । उनले पोखरामा जारि दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तरर्गत तेस्रो दिनको खेलमा डेब्यु गरेकि हुन् ।

उनलाई एपीएफका भलिबल प्रशिक्षक ज्ञानेन्द्र बिष्टले दोस्रो सेटमा भित्र प्रवेश गराएर पुरै दुई सेट खेल्न लगाएका थिए ।

पुजाले त्रिभुवन आर्मि बिरुद्धको क्वाटरफाइनल खेलमा डेब्यु गरेकि हुन् । उनले आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४ अंक पनि जोडेकि थिईन ।

नेपालगञ्ज घर भएकि पुजा यसै बर्ष मात्र एपीएफमा अनुबन्धित भएकि हुन् । उनले अन्य खेलहरुमा खेले पनि राष्ट्रिय स्तरको ठुलो प्रतियो गितामा दुबै सेट पुरै खेलेको यो उनको पहिलो पटक हो ।

आजको खेलमो गरेको प्रदर्शनले पुजाले सभामुख कपमा बाकि खेलहरुमा पनि राम्रो स्थान पाउने पक्का छ । पुजाले डेब्यु गरेको खेलमा एपीएफले आर्मिलाई २५–१५, २५–१९ र २५–१६ को सोझो सेटमा हराउदै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो ।

अव एपीएफले फाइनल प्रवेशका लागि गण्डकी प्रदेशसंग प्रतिस्पर्धा गर्ने छ ।

२०७५ माघ ३, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment