विशाल गोल्डकप : फाइनल खेलमा हिमालयन र आर्मी भिड्ने

काठमाडौँ-वीरगंजमा जारी दोश्रो टुबोर्ग विशाल गोल्ड कपको फाइनल खेलमा हिमालयन शेर्पा र त्रिभुवन आर्मि क्लब भिड्ने भएका छन् ।
बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा झापा ११ लाइ ६ –१ को फराकिलो अन्तररले हराउदै आर्मीले फाइनलमा स्थान बनाएको हो । आर्मिले अव फाइनल खेलमा हिमालयन शेर्पा क्लबसंग सामना गर्ने भएको हो ।

आर्मिलाई जित दिलाउन टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले समान दुई दुई र विवेक बस्नेतले एक गोल गरेका गरे । अर्को एक गोल भने आर्मीले उपहार पाएको थियो ।

उता झापाका लागि एक मात्र सान्तवना गोले आशीष चापागाइले गरेका थिए । आर्मिले खेलको दोश्रो मिनेटमै टेक बहादुर बुढाथोकीको गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि १४ औं र २४ औं मिनेटमा सन्तोष तामाङले लगातार दुइ गोल गरेपछि आर्मीले पहिलो हाफमा ३–० को अग्रता बनायो । आर्मीले चौथो गोल भने झापाबाट आत्मघाती गोलको रुपमा पाएको थियो ।

यस्तै खेलको ७४ औं मिनेटमा पुन आर्मीका टेक बहादुरले गोल गरेपछि आर्मीको अग्रता ५–० को अवस्थामा पुगेको थियो । तर त्यसको पाच मिनेट नबित्दै ७९ औं मिनेटमा आशीष चापागाइले आफनो टिमका लागि गोल गरेपछि झापाले आर्मीसंगको अग्रता छोटयाएको थियो ।

आर्मिले खेलको ८८ औं मिनेटमा अर्काे गोल गर्दै झापा माथि ६–१ को जित दर्ता गर्न सफल भयो ।  प्रतियोगिताको उपाधी विजेता टिमले कप सहित नगद पाच लाख ५५ हजार पाच सय ५५ र उपविजेताले दुइ लाख ७७ हजार सात सय ७७ रुपैया पुरस्कार प्राप्त गर्ने छ ।

२०७५ माघ ३, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment