एन्फाको कार्य समिति बैठकको निर्णय : नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त देखि कारवाहि सम्म

काठमाडौँ– बिहिबार बसेको अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समिति बैठकले बिभिन्न बिषयहरुमा निर्णय गरेको छ । एन्फाले गरेका निर्णयहरुमा सबै भन्दा महत्वपुर्ण बिषय नेपाली फुटबल टिमको प्रशिक्षक नियुक्त गर्ने बिषय हुन गयो ।

एन्फाले स्वीडिस योहान कलिन नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । उनि यो भन्दा पहिला नेपाली ए डिभिजन लिग क्लब मछिन्द्रको प्रशिक्षक पनि थिए ।

योहान आगामी मार्चमा नेपाल आइपुग्ने भएका छन् । एन्फाको प्राविधिक समितिका संयोजक कृष्ण थापाले अनुसन्ष्टी जनाएका कारण एन्फाले यो निर्णय गरेको थिएन । तर, आजको कार्य समितिले भने उनलाई नेपाल भित्राउने निर्णय गरिसकेको छ ।

कार्य समिति बैठकले अन्य विभिद विषय पनि निर्णयहरु गरेको छ । एन्फाले गरेको निर्णय अनुशार नेपालमा हुने महिला साफ च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेको ३० खेलाडीलाई १० हजार मासिक रुपमा उपल्बध गराउने निर्णय भएको छ ।

यस्तै एएफसी यू–१९ महिला च्याम्पियनसिको पहिलो चरण पार गरेको नेपाली टोलीका सदस्यलाई २५–२५ हजार समेत दिने निर्णय भएको छ ।

यसैगरी कार्यसमिति बैठकले एन्फाको मानार्थ अध्यक्ष रहेका टासी घलेको उक्त पद स–सम्मान फिर्ता लिने भन्दै बर्खास्त गरेको छ ।
यस्तै २०२० टोकियो ओलम्पिकको लागि एसिया क्षेत्रको पहिलो चरणको छनोट पार गर्न सफल नेपालको सिनियर महिला टोलीका प्रत्येक खेलाडीलाई ५०–५० हजार नगद दिने एन्फाले निर्णय गरेको छ ।
एन्फाले गरेका अन्य निर्णयहरु यस प्रकार छन् :

२०७५ माघ ३, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment