साविक बिजेता बार्सिलोना क्वाटरफाइनलमा प्रवेश

एजेन्सी–साविकको बिजेता बिजेता बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा लेभान्तेलाई हराउदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाले लेभान्तेलाई बिहिबारको खेलमा ३–० गोल अन्तरले हराउन सफल भएको हो । बार्सिलोनाले समग्रमा ४–२ को जित निकालेको हो । बार्सिलोनाले पहिलो लेगमा २–१ गोलले हार बेहोर्नु परेको थियो ।

बार्सिलोनालाई जित दिलाउन उस्मान डेम्बेले र लियोनल मेस्सीले गोल गरेका थिए । डेम्वेलेले दुई र मेस्सीले एक गोल गरेका थिए ।


बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलको ३० औँ मिनेटमा फ्रेन्च स्ट्राइकर डेम्बेलेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

डेम्बेलेले पहिलो गोल गरेको एक मिनेटमै अर्काे गोल गर्दै बार्सिलोनालाई लेगमा एक गोलको अग्रता दिलाएका थिए ।  त्यस्तै कप्तान मेस्सीले खेलको ५४ औं मिनेटमा तेस्रो गोल गर्दै टोलिको जित पक्का गरे ।

 

२०७५ माघ ४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment